समाचारशनिबार, कार्तिक ७, २०७२

नयाँ राष्ट्रपति: सहमति भए ८ गते, नभए ११ गते

हिमालखबर

राष्ट्रपतिको कार्यालय शीतलनिवास ।

राष्ट्रपतिको कार्यालय शीतलनिवास ।

सभामुख ओनसरी घर्तीले सहमतिका आधारमा राष्ट्रपति चयन गर्नका लागि दलहरुलाई आइतबार, ८ कात्तिक अपराह्न ४ बजेसम्मको समय तोकेकी छन् ।

७ कात्तिकमा बसेको संसद बैठकमा संविधानको धारा २९७ को उपधारा २ अनुसार नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्नका लागि ८ कात्तिक अपराह्नसम्मको समय दिइएको हो ।

दलहरु बीच सहमति भएन भने त्यसै धाराको उपधारा ३ अनुसार बहुमतका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्न ११ कात्तिक ११ बजेको समय तोकिएको छ ।

संसदको अन्तरिम कार्यविधि अनुसार सभामुख घर्तीले संसद सचिवालयका महासचिवको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिएको संसदलाई जानकारी गराएकी छिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>