समाचारशनिबार, कार्तिक ७, २०७२

न्यूनतम साझा कार्यक्रम तयार गर्न समिति

हिमालखबर

k|wfgdGqL lgjf; afn'jf6f/df ;fem]bf/ bnx?sf] ;d;fdlos ljifodf 5nkmn afn'jf6f/df cfh k|wfgdGqL s]kL zdf{ cf]nLsf] cWoIftfdf ;d;fdlos ljifodf 5nkmn ub}{ ;fem]bf/ bnx? . tl:a/M /f]zg ;fksf]6f, /f;;

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन भएको छ ।

मस्यौदा समितिमा नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावल तथा स्थायी समिति सदस्य शङ्कर पोखरेल, एमाओवादीका स्थायी समिति सदस्य वर्षमान पुन, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य सुरेश आचार्य छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ८ कात्तिकमा बसेको सत्तासाझेदार दलका शीर्ष नेता सम्मिलित बैठकले उक्त समिति गठन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष एवम् उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पुष्पकमल दाहालको उपस्थितिमा बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा दलबीच प्रारम्भिक चरणमा छलफल समेत गरेको बैठकपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओली र संयोजक दाहालले न्यूनतम साझा कार्यक्रमका बारेमा नीतिगत निर्देशन दिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

उनका अनुसार मस्यौदा समितिले कार्यक्रमको मस्यौदा तयार पारी बैठकमा प्रस्तुत गर्नेछ ।

मस्यौदा समितिको बैठक आइतबार बिहान ११:३० बजे सिंहदरबारमा बस्ने कार्यक्रम छ ।

नयाँ सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा सुशासन, भूकम्पपीडितलाई थप राहत, पुनःनिर्माण तथा आपूर्ति व्यवस्थालाई सहज बनाउने रहने वरिष्ठ नेता खनालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>