थप समाचारसोमबार, कार्तिक ९, २०७२

जिप दुर्घटनामा दुईजनाको मृत्यु

हिमालखबर

पाल्पाको झिरुवास गाविसमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

भिरुवास– ७ लाँकुरीभञ्याङमा गएराति जिप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेको अहिले रामपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा झिरुवास– ७ ढाक्रेसिंह बस्ने १९ वर्षीय गुणराजसिंह ठकुरी र १९ वर्षीय धनबहादुर पाटा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

भिरुवासबाट विरामी बोकेर रामपुर अस्पताल आउँदा लु १ ज २६४७ नम्वरको जिप दुर्घटना भएको हो ।

जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो । राति १२ बजे दुर्घटना भएको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>