समाचारसोमबार, कार्तिक ९, २०७२
चीनले पठाएकाे पेट्रोलियम पदार्थ बुधबारभित्र नेपाल अाइपुग्ने
नेपालका लागि चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ ।
रसुवागढीबाट अनुदानको इन्धन दैनिक २५ वटा नेपाली ट्याङ्करले काठमाडौँस्थित केन्द्रीय भण्डारणमा पु¥याउने रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
रसुवागढीसम्म नै चिनियाँ पक्षले इन्धन ल्याई पेट्रोलियम पदार्थ नेपाली ट्याङ्करमा भरिने बताइएको छ । भूकम्पपछि चिनियाँ भू–भागमा बिग्रिएका सडक मर्मतसम्भार र पुनःनिर्माण गरी केही दिनदेखि सञ्चालनमा ल्याइएको छ ।
रसुवागढी नाका पूर्णरुपले सञ्चालनमा आउने भएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मले आफ्नो सुरक्षाफौज टिमुरेमा तैनाथ गरी यथेष्ट सुरक्षा व्यवस्था मिलाइसकिएको सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दर्शन गिरीले बताउनुभयो ।
राजस्व सङ्कलनमा पूर्ण रुपले सहयोग गर्दै सीमाको सुरक्षा र सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्ने उनले बताए । रासस