समाचारबुधबार, मंसिर ६, २०६९

सरकारी निर्णयको कांग्रेसद्वारा भर्त्सना

सञ्जीव शर्मा

६ मंसीरमा कांग्रेस मुख्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई असम्बैधानिक, नैतिकता गुमाइसकेको र भ्रष्ट भन्दै सरकारको निर्णयको भर्त्सना गरेको कांग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्माले हिमालखबरलाई जानकारी दिए ।

“मुलुकमा भ्रष्टाचार व्याप्त भएको, महंगीले आम नेपालीको जनजीवन कष्टकर बन्दै गएको र सरकारले एकपछि अर्को जनविरोधि निर्णय गरेको कांग्रेसले ठहर गरेको छ,” विश्वकर्माले भने, “भ्रष्ट सरकारका असम्बैधानिक र गैरजिम्मेवार कार्यहरुको भण्डाफोर गर्दै आन्दोलनका पक्षमा जनतालाई सक्रिय बनाउने निर्णय भएको छ ।”

कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले राजनीतिक सहमति नहुँदा संवैधानिक निकायहरु रिक्त हुँदै गएको र वर्तमान सरकारले मुलुकको राष्ट्रियतालाई अभुतपूर्व रुपमा कमजोर पारेको भन्दै आन्दोलनलाई सशक्त पारेर सरकारलाई हटाउने पनि वताए ।

उनले थपे, “निर्वाचन अहिलेको आवश्यकता भए पनि त्यसका लागि संवैधानिक र कानूनी व्यवस्थाका साथै सहमतिको सरकार निर्माण गर्नु पहिलो जरुरी काम हो ।”

त्यसैगरी सरकार हटाउनका लागि अन्यदलहरुसँगको सहकार्यमा आन्दोलन हुने पनि उनले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>