Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको झट्का - Himalkhabar.com

थप समाचारसोमबार, कार्तिक ९, २०७२

अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको झट्का

हिमालखबर

quakeअफगानिस्तानको उत्तरी क्षेत्रमा केन्द्र बनाएर ७.७ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पको झडका पाकिस्तान र भारतमा समेत महशुस भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानमा भूकम्पबाट भत्किएका संरचनामा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको पाकिस्तानी पत्रिका डनको अनलाइन संस्करणले जनाएको छ ।

९ कात्तिक दिउँसो गएको भूकम्पको केन्द्र काबुलभन्दा २५६ किमी उत्तरपूर्व हिन्दुकुश पहाडमा भएको अमेरिकी भूकर्भ विज्ञान केन्द्र (यूएसजीएस) ले जनाएको छ ।

भारतको दिल्ली, जम्मुकश्मिर, पञ्जाब, हरियाणामा मानिसहरु घरबाहिर निक्लेको र खुल्ला स्थानमा जम्मा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसैगरी पाकिस्तानको खैबर पख्तुनख्वा, पेशावर, इस्लामाबादमा पनि मानिसहरु घर बाहिर निक्लेको बताइएको छ ।

भूकम्पको असर अफगानिस्तानको दुरगम क्षेत्रमा बढी परेकाले त्यहाँको खबर प्राप्त भइनसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>