समाचारसोमबार, कार्तिक ९, २०७२
कांग्रेसलाई धेरै सहयोग गर्यौं, अव उहाँहरुको पालोः प्रधानमन्त्री ओली
नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भण्डारीलाई मत मागेका छन् ।
स्थायी कमिटीको बैठकबाट पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उमेद्वार बनाउने निर्णय गराएर दशरथ रंगशालामा आयोजित चियापानमा पुगेका ओलीले कांग्रेससँग मत मागेका हुन् । उनले भने, “कांग्रेसलाई धेरै सहयोग गरिसक्यौं, अव तपाईहरुको पालो आयो ।”
“बहुमतीय प्रक्रियाभित्रै सहमति खोज्न सकिन्छ”, प्रधानमन्त्री ओलीले भने, “एमालेको उमेद्वारलाई कांग्रेसलगायत सवैले समर्थन गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसलाई सघाएको र त्यसपछि पनि सहमतिका साथ एकताबद्ध भएर अघि बढ्ने प्रयास हुँदै आएको बताए ।
हालै भएको प्रधानमन्त्रीको निर्वाचनमा समझदारी र सहमतिमा असहजता र अप्ठ्यारो देखा परेको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।