समाचारसोमबार, कार्तिक ९, २०७२
एमाओवादीले राष्ट्रपतिमा भण्डारीलाई मत दिने, उपराष्ट्रपतिमा पुनकाे उमेद्वारी
एमाओवादीले सहमति नभए राष्ट्रपतिमा नेकपा एमालेको उमेद्वारलाई मतदान गर्ने निर्णय गरेको छ ।
९ कात्तिकमा बसेको स्थायी कमिटी बैठकले एमालेका उमेद्वार विद्या भण्डारीलाई राष्ट्रपतिमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले बताए ।
“बहुमतीय प्रक्रियाका आधारमा अगाडि बढ्दा हामीले एमालेको उम्मेदवारलाई मतदान गर्नुपर्छ, हामी त्यसमा प्रतिबद्ध छौँ, बाहिर आएका गलत हल्लाको पछाडि कोही पनि लाग्नु आवश्यक छैन’’, शर्माले भने ।
एमाओवादीले उपराष्ट्रपतिमा माओवादी सेनाका पूर्वप्रमुख नन्दबहादुर पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापासँग पुन पराजित भएका थिए ।
एमाअाेवादीले बहुमतीय प्रकृयामा भण्डारी राष्ट्रपति र पुन उपराष्ट्रपतिलाई मतदान गर्ने भएपनि अन्तिम समयसम्म कांग्रेससहितकाे समर्थनकाे सहमतीय राष्ट्रपति र उपराष्ट्रपतिमा जाेड दिने भएकाे छ । यसबारे निर्णय गर्न नेतृत्वलाई जिम्मेवारी दिइएकाे छ ।