समाचारमंगलबार, कार्तिक १०, २०७२
कांग्रेसबाट राष्ट्रपतिमा गुरुङ र उपराष्ट्रपतिमा यादव
नेपाली कांग्रेसले कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
कुलबहादुर गुरुङलाई राष्ट्रपति र अमियकुमार यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको कांग्रेस केन्द्रीय सदस्य गगन थापाले बताएका छन् ।
यादव नेपाली कांग्रेसका सिरहाबाट समानुपातिकतर्फका सांसद हुन् ।
सत्तारुढ गठबन्धनले भने एमाले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति र एमाओवादी नेता नन्दकिशोर पुनलाई उपराष्ट्रपतिमा अघि सारेको छ ।
यद्यपी ९ कात्तिक साँझ बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस समेतको सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>