समाचारमंगलबार, कार्तिक १०, २०७२

राष्ट्रपति निर्वाचन बारे कांग्रेस र एमाओवादीबीच छलफल

हिमालखबर

dahalनेपाली कांग्रेस र एमाओवादीका शीर्ष नेताबीच आज भएको भेटघाटमा सहमतिका आधारमा राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड दिइएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा १० कात्तिकमा भएको द्विपक्षीय छलफलमा एमाओवादीका अध्यक्ष दाहाल र कांग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा सहभागी थिए ।

दुई पार्टीबीच राष्ट्रपति निर्वाचनलगायत मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए ।

सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्नेमा एमाओवादीले जोड दिएको अवस्थामा दुई पार्टीबीच छलफल भएको हो ।
छलफलमा कुनै पनि ठोस निर्णय भने हुन नसकेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>