Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मधेशमा विद्यालय बन्द, बालबालिका तस्करीमा - Himalkhabar.com

थप समाचारमंगलबार, कार्तिक १०, २०७२

मधेशमा विद्यालय बन्द, बालबालिका तस्करीमा

हिमालखबर

लगातारको बन्द, हडतालका कारण धनुषाका विद्यालय बन्द भएपछि बालबालिकाहरु सीमा क्षेत्रमा तस्करीमा संलग्न हुने गरेका छन् ।

सीमा क्षेत्रमा रहेको विद्यालय बन्द रहेको कारण उनीहरु नजिकैको रहेको भारतीय बजारमा गई साइकलमा आलु, प्याज चिनी तेललगायत उपभोग्य समान ल्याएर नेपाली बजारमा बिक्री गरिरहेका देखिन्छन् ।

धनुषाको ग्रामीण क्षेत्रसँग जोडिएका सीमावर्ती भारतीय बजार जयनगर, हरिने, उमगाउँ, देउधा, बासोपट्टी, हरलाखी, पिपरौनलगायत बजारबाट दैनिक उपभोग्य सामान तस्करीमा बालबालिकाको प्रयोग भइरहेको हो ।

सीमा क्षेत्रमा रहेका प्रहरी चौकी असुरक्षाको कारण हटाइएपछिसशस्त्र प्रहरीले सामान ल्याउन रोकतोक नगर्दा तस्करी गर्न बालबालिका आकर्षित भइरहेको देखिन्छ । भारतबाट सामान ल्याएर बेच्दा दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म कमाइ हुन्छ ।

धनुषाको दक्षिण सीमा क्षेत्रबाट भारतीय सामान अवैध रुपमा भित्र्याउने तस्करले बालबालिकाको प्रयोग गर्ने गरेकाले अहिले तस्करी मौलाउँदै गएको छ । ती बालबालिकाले भारतबाट समान ल्याएर नेपाली भूभागमा जम्मा गर्ने र रातको समयमा तस्करले ती सामान ट्रयाक्टरमा राखेर जनकपुर बजार भित्र्याउने गरेको भारत महिनाथपुरका एक व्यापारी बताउँछन् ।

त्यसैगरी युवाले मोटरसाइकलमा पेट्रोलियम पादर्थ, विद्युतीय सामान, ग्यास जस्ता संवेदनशील पदार्थ ओासरपोसार गर्ने गरेको पाइएको छ । अहिले सीमावर्ती खिरखरिया, बहौरवा, अकौरा, परवाहा, धनौजी, तिकौररिया, महुवा, दुहवीलगायत दर्जनौँ गाउँका सयौँ बालबालिका पढाइ छाडी सामान बोक्न जाने गरेका छन् । तस्करीमा १० देखि १५ वर्षसम्मका बालबालिका संलग्न छन् ।

बन्द, हडतालका कारण विद्यालय बन्द हुँदा बालबालिका तस्करकै सिको गरेर चोरी तस्करीका घटनामा संलग्न भइरहेको औरहीका एक शिक्षकको भनाइ छ । उनी भन्छन्, “साना विद्यार्थी तस्करीमा मात्र संलग्न हुन्छन्, तर ठूला विद्यार्थी भने तस्करीप्रति आकर्षित हुन थालेका छन् ।”
वीरेन्द्र कर्ण/रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>