समाचारमंगलबार, कार्तिक १०, २०७२

वीरगञ्जमा युवकको हत्या

हिमालखबर

वीरगन्जको जगरनाथपुर चोकमा १० कात्तिक विहान एक युवक मृत अवस्थामा फेला परेका छन् । शवको प्रकृति हेर्दा कुटेर हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।

वीरगन्ज– २६ सबैठवा टोलका २० वर्षीय रामविनेश कुशवाहा मृत अवस्थामा फेला परेका हुन् । उनको घाँटी र छातीमा गहिरो चोट लागेको छ भने उनी चढेको मोटरसाइकल पनि तोडफोड भएको छ । शवको प्रकृति हेर्दा दुर्घटना नभई कुटपिट गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

कुशवाहा बन्दका बेला मोटरसाइकलमा यात्रुहरुलाई ओसार्ने काममा संलग्न थिए । बन्दका बेला मोटरसाइकल चलाएको भन्दै उनी र आन्दोलनकारीबीच पहिले विवाद समेत भएको थियो ।

ना ३४ प ११२८ नम्बरको मोटरसाइकलमा सवार भई १० कात्तिक बिहान तीन बजे घरबाट निस्किएका थिए ।

सशस्त्र प्रहरी निरीक्षक मोहन देवकोटाले कुशवाहा मृत फेला परेको र उनको घाँटी र छातीमा कसैको आक्रमणबाट चोट लागेको डाम देखिएको बताए । शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>