समाचारमंगलबार, कार्तिक १०, २०७२

राष्ट्रपतिमा गुरुङ, भण्डारी र महर्जनको उम्मेदवारी दर्ता

हिमालखबर

bidyaनेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ,  एमाले नेतृ विद्या भण्डारी र नेमकिपाका नारायण महर्जनले ले राष्ट्रपति पदका लागि आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

गुरुङको प्रस्तावमा कांग्रेस महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला छन् ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले कांग्रेस पुरानो एवम् लोकतान्त्रिक पार्टी भएको र आफू त्यसको सक्रिय र पुरानो कार्यकर्ता भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिएको बताए ।

आफू विगतदेखि नै लोकतन्त्रको पक्षमा लगातार लड्दै आएकाले विजय सुनिश्चित भएको र संसद्मा रहेका सबै दलले सहयोग गर्ने समेत उनको दाबी छ ।
संसद्को सार्वजनिक सुनुवाइ समितिका सभापतिसमेत रहेका गुरुङ कांग्रेसका पुराना नेता हुन् ।

एमालेबाट विद्या भण्डारी
नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले पनि राष्ट्रपति पदमा उम्मेद्‌वारी दर्ता गराएकी छन् ।

भण्डारीको प्रस्तावकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल छन् भने समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरी, नेकपा मालेका महासचिव सिपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका सांसद जयदेव जोशी, राप्रपा संसदीय दलका नेता दीपक बोहरा, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका सांसद शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी, नेपाल परिवार दलका सांसद एकनाथ ढकाल छन् ।

व्यवस्थापिका–संसद्ले आज दिउँसो १ बजेसम्म राष्ट्रपति पदमा उम्मेद्‌वारी दिने कार्यतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रपति पदको निर्वाचन ११ कात्तिक ११ बजे हुँदैछ । उपराष्ट्रपति निर्वाचन १४ कात्तिकका लागि सारिएको छ ।

maharjanनेमकिपाका महर्जनको पनि उम्मेदवारी दर्ता
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले पनि राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा नेता महर्जनले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा सोही पार्टीका सांसद प्रेम सुवाल र समर्थकमा डिल्लीप्रसाद काफ्ले रहेका छन् ।
उम्मेदवारी दर्ता गराएपछि महर्जनले संवैधानिक व्यवस्थानुसार नै आफूले उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिए ।

संविधान लेखन प्रक्रिया र राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले खेलेको भूमिकालाई संसद्मा रहेका सबै राजनीतिक दलले सम्मान गर्ने र आफूलाई विजयी गराउने जिकिर उनले गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>