थप समाचारमंगलबार, कार्तिक १०, २०७२

थारु सांसदहरुले गद्दारी गरेः सभा

हिमालखबर

unnamedसीमाकंनमा असहमति जनाउँदै आन्दोलनरत थारु कल्याणकारिणी सभाले आन्दोलन थप चर्काउने निर्णय गरेको छ ।

नवलपरासीको अमलटारीमा सकिएको राष्ट्रिय भेलाले सिंहदरवारमा दवाब, नाकाबन्दी र राजमार्ग केन्द्रित आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको छ । आन्दोलनका अजेण्डा मिल्ने मोर्चाहरुसँग सहकार्य गर्ने निर्णय भएको सभाका महामन्त्री अमेरी चौधरीले बताए ।

आन्दोलन सशक्त बनाउन सभाका पदाधिकारीहरुलाई विभिन्न क्षेत्रको जिम्मेवारी दिइएको छ । सभाले मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहित संसदमा भएका थारु सांसदहरुलाई गद्दार घोषणा गरेको छ ।

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीलगायतका आन्दोलनकारीलाई सरकारले लगाएको मुद्दा खारेजीको माग पनि सभाले गरेको छ ।

–विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...