समाचारमंगलबार, कार्तिक १०, २०७२

चीनको विरोध गर्दै प्रदर्शन

हिमालखबर

भारतीय सरकारले नेपालमा नाकाबन्दी गरेपछि उत्पन्न समस्या सुल्झाउन चीनले पेट्रोलियम पदार्थ अनुदान दिने निर्णय गरेपछि मधेशी मोर्चाले वीरगञ्जमा चीन विरोधि प्रदर्शन गरेको छ ।

‘ब्याक अफ चाइना’ लेखिएको ब्यानरसहित  वीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौंलाई तेल दिन नपाइने प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

मधेश आन्दोलन असफल बनाउन चीन सरकारले नेपालमा पेट्रोलियम पदार्थ पठाउन लागेको आरोप लगाएका उनीहरुको जुलुशले  वीरगञ्ज बजार परिक्रमा गरेका थियो ।

c3 c1

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>