समाचारबुधबार, कार्तिक ११, २०७२

राष्ट्रपति पदको मतदान शुरु

हिमालखबर

नयाँ संविधान जारी भएपछि पहिलोपटक राष्ट्रपति पदको लागि व्यवस्थापिका संसदमा मतदान शुरु भएको छ  ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा आज, ११ कात्तिक बिहान ११ बजेबाट शुरु भएको  निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

११ बजेबाट शुरु हुने मतदान दिउँसो २ बजेसम्म चल्ने छ । मतदान सकिएपछि दिउँसो २:३० बजेबाट मतगणना प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार अपराह्न ४:४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष प्रस्तुत गरिनेछ भने बेलुका ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>