अन्तर्वार्ता/विचारबिहीबार, मंसिर ७, २०६९

‘खर्च गर्ने पद्धतिमा समस्या छ’

हिमालखबर

अर्थ सचिवका रूपमा तपाईंका प्राथमिकता के के हुन्?

आर्थिक समृद्धि, राजस्व नीति तथा खर्च व्यवस्थापन अर्थ मन्त्रालयको मुख्य प्राथमिकता हो। उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, औद्योगीकरण, स्वदेशी–विदेशी लगानी आकर्षण र आन्तरिक स्रोतसाधनको अत्यधिक प्रयोग गर्ने नीतिका लागि पहल गर्छु। बजेट खर्चलाई पारदर्शी बनाएर जनताको आधारभूत आवश्यकता पूरा गर्न तथा पूँजीगत खर्च वृद्धि गरी उत्पादनमूलक क्षेत्रमा लगानी र रोजगारी सिर्जना मेरो प्राथमिकता हुन्।

बजेटको सफल कार्यान्वयन हुनसकेको छैन नि!

अर्थ मन्त्रालयले बजेट तर्जुमा र राजस्व नीति बनाउँछ, तर सम्बन्धित मन्त्रालयहरूले अपेक्षित स्थानमा व्यवस्थित खर्च गर्न नसकेको गुनासाहरू सुनिन्छ। चालु आर्थिक वर्षदेखि पूँजीगत खर्च हुनसक्ने आयोजनामा मात्र बजेट छुट्याउन र पारदर्शी ढंगमा बढीभन्दा बढी पूँजीगत रकम खर्च गर्न अर्थले समन्वय शुरू गरेको छ।

भन्सार र राजस्व कार्यालयहरूको घूसखोरी कसरी रोक्नु हुन्छ?

कार्यसम्पादन मापनमा आधारित प्रोत्साहन भत्ता प्रणालीले राजस्व वृद्धि र करदातालाई सेवा पुर्‍याउन सकारात्मक भूमिका खेलेको छ। कर प्रशासन सुधारिएको र यो कर मैत्री भएको भनेर व्यापारिक समुदायले नै भन्दै छन्। कर्मचारीलाई गलत नियतले काम गर्न नदिन र कर प्रशासनमा सुधारका लागि सकेसम्मका उपायहरू खोज्छु।

अर्थ मन्त्रालयलाई राजनीतिमुक्त बनाउन सक्नुहुन्छ?

बजेट तर्जुमा र रकम व्यवस्थापन गर्ने हुनाले अर्थमा सबै दलको चासो हुन्छ। त्यसो भन्दैमा अर्थ मन्त्रालयमा मन्त्री वा राजनीतिक दलको हस्तक्षेप छ भन्ने लाग्दैन। जुनसुकै दलका अर्थमन्त्री आए पनि शालीन ढंगले काम गरेको देख्छु। मन्त्रालयसँग रकम माग्ने, छलफल गर्ने चलन भए पनि प्रशासनमा हस्तक्षेप नै त गरेका छैनन्। त्यसो हुन नदिन प्रयत्नशील रहन्छु।

मितव्ययिता र आर्थिक अनुशासनमा अर्थ मन्त्रालय झ्न् चुकेको देखिन्छ नि!

अर्थको भन्दा पनि अन्य मन्त्रालयको अव्यवस्था र अपारदर्शिताबाट मितव्ययिता र आर्थिक अनुशासन कायम हुन सकेन भन्ने गुनासो छ। त्यसका लागि मितव्ययिता सम्बन्धी निर्देशिका कार्यान्वयन हुँदैछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>