समाचारबुधबार, कार्तिक ११, २०७२

राष्ट्रपति निर्वाचनमा ५४९ मत खस्याे, ४८ सा‌ंसद अनुपस्थित

हिमालखबर

व्यवस्थापिका–संसदमा जारी राष्ट्रपति निर्वाचनमा ५४९ सांसदले मतदान गरेका छन् ।

एमाले नेता विद्यादेवी भण्डारी र कांग्रेस नेता कुलबहादुर गुरुङबीच भएको मतदानमा ४८ सांसद भने अनुपस्थित रहे । मधेश केन्द्रित दलका सांसदहरुले राष्ट्रपति निर्वाचनमा सहभागिता नजनाएका हुन् ।

उनीहरुले प्रधानमन्त्रीको निर्वाचनमा भने मतदान गरेका थिए । संसदमा हाल ५९७ सांसद छन् ।

eee

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>