थप समाचारबुधबार, कार्तिक ११, २०७२

विराटनगरमा सडक अवरुद्ध गर्ने तीनजना पक्राउ

हिमालखबर

आन्दोलनरत संयुक्त मधेशी मोर्चा आबद्ध मोरङका तीन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरको धरानरोडस्थित शनिमन्दिर चोकमा सडक अवरुद्ध गरेर धर्नाका साथै कोणसभा गर्न लागेका सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव, सोही पार्टीका जिल्ला सदस्य कन्हैयालाल साह र तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मोहम्मद कादिरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले नियमविपरीत सडक अवरुद्ध गरेर धर्ना र कोणसभा गर्न लागेकाले प्रहरीले सम्झाउँदासमेत नमानेपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रमोदकुमार खरेलले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र कारबाहीको सम्बन्धमा जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेपछि आवश्यक कारबाही थालिने उनको भनाइ छ ।

यसैबीच, विराटनगरका सडकमा निर्वाधरुपमा सवारी साधन चलेको छ ।

यसअघि, मोर्चाका नेता तथा कार्यकर्ताले आंशिकरुपमा खुल्ला रहेको विराटनगर बजार बन्द गराउँदै जाँदा बजार क्षेत्रका व्यापारीले प्रतिरोध गरेका थिए ।

स्थानीयको प्रतिकारपछि केहीबेर अवस्था तनावग्रस्त भएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...