Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
१६ लाख नगदसहित जुवाडे पक्राउ - Himalkhabar.com

थप समाचारबुधबार, कार्तिक ११, २०७२

१६ लाख नगदसहित जुवाडे पक्राउ

हिमालखबर

juwadeप्रहरीले झापाको बिर्तामोड १ का खगेन्द्र प्रसाइँको घरबाट १६ लाख नगद सहित १८ जुवाडेलाई पक्राउ गरेको छ ।

१० कार्तिक राति समातिएका जुवाडेहरुमा कनकाई नगरपालिका– २ का देवेन्द्र रिसाल (३०), कनपा ३का सागर थापा (३०), भरत ढकाल (४०), प्रकाश श्रेष्ठ (४२) , देबिलाल गर्ग (४०), नबिन शिबाकोटी २१, बिर्तामोड नपा– ६ का डलकुमार राई (३२) र सनम हलवाई (२८) छन् ।

यसैगरी इटहरी– १ का रुपेश शर्मा बजगाँई (३८) , इटहरी–४ का गुणराज राई (३४), लौकही–३ का अभिषेक कुमार यादव (२१), कोशी हरैंचा–८ मोरङका रोहन चौधरी (३८), धरान–१३ का रबि कुमार राई (३३), बिराटनगर– ३ का मनोज केसी (४१), बिराटनगर–४ का लक्ष्मी पराजुली (३४), उर्लाबारी– १ का सुरेश शाक्य (३७), उर्लाबारी– ३ का कृष्ण अधिकारी (४०) र उर्लाबारी– ६ का अर्जुन तुम्रुक (४१) पनि पक्राउ परेका छन् ।

उनीहरुका साथबाट १६ थान कौडा, १६ लाख १२ हजार ९६० नगद, २३ वटा मोबाइल फोन समेत बरामद गरेको बिर्तामोड प्रहरीले जनाएको छ ।

प्रसाईको घरको दोस्रो तल्लामा टीका ओलीले भाडामा लिएको कोठामा जुवा खेल्दैगर्दा उनीहरु समातिएका हुन् ।

उनीहरुलाई तास जुवा नियन्त्रण ऐन अन्तरगत कारबाही अघि बढाइएको छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>