समाचारबुधबार, कार्तिक ११, २०७२

विद्या भण्डारी भइन् नेपालको पहिलो महिला राष्ट्रप्रमुख

हिमालखबर

rastrapatiनेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छन्। उनी नेपालको पहिलो महिला राष्ट्रप्रमुख एवम् दोस्रो राष्ट्रपति बनेकी छन्।

सत्तारुढ गठबन्धनको समर्थनमा भण्डारी नेपालकै पहिलो महिला राष्ट्रप्रमुख भएकी हुन् ।

मतगणना कार्य सकिएपछि बसेको व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपधारा (३) बमोजिम तथा संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा ३७ को उपदफा (१) बमोजिम भण्डारी विजयी भएको घोषणा गरिन् ।

सभामुख घर्तीले राष्ट्रपतिमा निर्वाचित भएकामा संसद् र आफ्नो तर्फबाट भण्डारीलाई बधाई तथा शुभकामना दिइन् ।
गत ३ असोजमा संविधानसभाबाट जारी भएको नयाँ संविधानबमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन भएको हो । उपराष्ट्रपतिको निर्वाचन यही कात्तिक १४ गते हुनेछ ।

नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद्को ल्होत्से हलमा बिहान ११ बजेबाट मतदान प्रक्रिया शुरु भई दिउँसो २ बजेसम्म चलेको थियो भने त्यसपछि गरिएको गणनाको परिणाम बैठक अघि सभामुखलाई हस्तान्तरण गरिएको थियो ।

संसद्‌मा हाल कायम रहेका ५९७ सांसदमध्ये मतदानमा ५४९ ले मतदानमा भाग लिएका थिए ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ३५ सांसदले निर्वाचनमा भाग लिएका थिएनन् । केही सांसद अनुस्थित भए भने ८ मत बदर भएको थियो ।

भण्डारीकाे जीवनी

११ कात्तिक २०७२ः राष्ट्रपति
१ साउन २०७१ः उपाध्यक्ष, नेकपा एमाले
२०६७ः रक्षामन्त्री
२०६५ः उपाध्यक्ष, नेकपा एमाले
२०६४ः सभासद पराजित (काठमाडौं–४)
२०६३ः ३३ प्रतिशत आरक्षणको प्रस्तावक
२०५९ः केन्द्रिय सदस्य, नेकपा एमाले
२०५६ः सांसद निर्वाचित (काठमाडौं–३)
२०५५ः अध्यक्ष, अखिल नेपाल महिला संघ
२०५४ः जनसंख्या तथा वातावरण मन्त्री
२०५४ः केन्द्रिय सदस्य, नेकपा एमाले
२०५१ः सांसद निर्वाचित (काठमाडौं–१)
२०५०ः सांसद निर्वाचित (काठमाडौं–१)
२०५९ः मदन भण्डारीको निधन
२०३९ः मदन भण्डारीसँग विवाह
२०३७ः पार्टी सदस्यता प्राप्त, भूमिगत राजनीतिमा प्रवेश
२०३६ः विद्यार्थी आन्दोलनमा सहभागी
२०३५ः नेकपा मालेमा आवद्ध
५ असार २०१८ः जन्म

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>