थप समाचारबुधबार, कार्तिक ११, २०७२

मदनग्राममा खुशियाली

हिमालखबर

 

मोरङ्को इटहरा-८ स्थित भण्डारी निवास । तस्वीर: गोपाल गडतौला

मोरङ्को इटहरा-८ स्थित भण्डारी निवास । तस्वीर: गोपाल गडतौला

एमाले नेतृ बिद्यादेवी भण्डारी मुलुकको पहिलो महिला राष्ट्रप्रमुख चयन भएको खुशीमा इटहरा– ८ स्थित भण्डारी निवासमा भब्य दिपावली गरिएको छ ।
पूर्वपश्चिम राजमार्गको मोरङ उर्लाबारी खण्डबाट करिब १३ किलोमिटर दक्षिणको मदनग्राममा रहेको काठे घर विद्या भण्डारीका पति मदन भण्डारी आफैंले बनाएका थिए । अहिले त्यही घर–आँगनमा वरपरका गाउँले समेत भेला भएर दिपावली गरेका हुन् ।
साँझ ६ बजे इटहरा ८ मदनग्रामस्थित भण्डारी निवासमा भण्डारीका आफन्त, छिमेकी र साथीसंगतीहरुको उल्लेख्य उपस्थिति थियो ।
त्यहीं थिइने कल्पना पौडेल । तीन दशकअघि एक बिहान यही घरको आँगनमा बस्तुभाउलाई खोले पकाइरहेकी विद्यालाई देखेको सम्म्झिँदै कल्पनाले भनिन्, “चिनाउनेले मदनकी श्रीमती उहाँ नै हो भनेर चिनाइदिएका थिए ।”
पढेलेखेको, राजनीतिमा लागेको मान्छेले घरधन्दा गरेको देखेर अचम्म लागेको सम्झिने कल्पना आफ्नै उमेरकी तिनै छिमेकी महिला राष्ट्रपति भएकोमा निक्कै हर्षित छिन् ।

madan_gram1
इटहरा– ७ की मालती सुब्बा भने विद्याकी राजनीतिक साथी हुन । अहिले एमालेको केन्द्रीय लेखा कमिटीमा सदस्य रहेकी मालती बिद्यालाई नेपाली राजनीतिमा जवर्जस्त तथा निष्कलंक पात्रको रुपमा चिन्छिन् ।
“उहाँ दुर्लभ उचाइँमा पुग्नुभएको छ” मालतीले भनिन् “निरन्तर संघर्षले उपलब्धीको उचाइँमा पु¥याँउछ भन्ने पुष्टी भएको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>