समाचारबुधबार, कार्तिक ११, २०७२

मोर्चाका कार्यकर्ताद्वारा युवकलाई जलाएर मार्ने प्रयास

हिमालखबर

धरान स्थित बीपी कोइराला अस्पतालमा उपचाररत रामविलास यादव । तस्वीर: सोहन श्रेष्ठ, धरान

धरान स्थित बीपी कोइराला अस्पतालमा उपचाररत रामविलास यादव । तस्वीर: सोहन श्रेष्ठ

मधेशी मोर्चाका कार्यकर्ताले सप्तरीका एक युवालाई मोटरसाइकल चढेको निहुँमा पेट्रोल खन्याएर आगो लगाएका छन् ।

स्थानीय तेजनारायण यादवसँगै मोटरसाइकलमा चढी फुपुको घर जान लागेका भारदह–८ सप्तरीका २२ वर्षीय रामविलास यादवलाई मोर्चाका कार्यकर्ताले बन्दका बेला मोटरसाइकल चढेको भन्दै श्रीपुरमा आगो लगाएका हुन् ।

आगोले जलेर गम्भीर घाइते भएका यादवको धरानस्थित बीपी कोइराला अस्पताल धरानमा उपचार भइरहेको छ ।

“मेन रोड (राजमार्ग) देखि दक्षिण श्रीपुरमा पुग्नासाथ ७–८ जनाको समूहमा रहेकाले मोटरसाइकल रोक भनेपछि तेजनरायणले रोक्यो,” अस्पतालको बेडमा रहेका रामविलासले भने, “उनीहरुले मोटरसाइकलमा हानेर लडाइदिए, म भाग्न खोज्दै थिएँ, तर चारैतिरबाट घेरा हालेर कुटदै ममाथि पेट्रोल छर्किएर आगो लगाए ।”

मोटरसाइकल चलाइरहेका तेजनारायण भने आन्दोलनकारीले लाठी प्रहार गरेपछि भागेको जस्तो आफूलाई लागेको तर, उनको हालत बारे थाहा नभएको रामविलासले बताए ।

उनले भने, “गाडीमा पनि आगो लगाउँदै थिए, मेरो शरीरको पछिल्लो भागमा आगो दन्किएपछि म पाइन्ट फुकालेर भागें ।”

मान्छेलाई जिउँदै जलाउने आन्दोलनको यो रुप आफैंले भोगेपछि केही भन्ने अवस्थामा नरहेको उनले बताए ।
सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>