समाचारबिहीबार, कार्तिक १२, २०७२
नवनिर्वाचित राष्ट्रपतिलाई ठाकुरको बधाई
तमलोपाका अध्यक्ष महन्थ ठाकुरले देशले पहिलो पटक महिला राष्ट्रप्रमुख पाएको भन्दै नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई बधाई दिएका छन् ।
राष्ट्रपतिको निर्वाचनमा मधेशी मोर्चा सहभागी नभए पनि नव–निर्वाचित राष्ट्रपति भण्डारीलाई सफल कार्यकालका लागि शुभकामना दिएको ठाकुरले बताए ।
१२ कात्तिकमा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले भने, “देशले महिला राष्ट्रपति पाएको छ, भण्डारी पदका लागि योग्य हुनुहुन्छ, मैले सफल कार्यकालका लागि शुभकाना र बधाई दिएको छु ।”
ठाकुरले मधेशको मागप्रति सरकार अझै पनि गम्भिर नभएको बताए । औपचारिक र अनौपचारिक वार्ता तथा छलफलका क्रममा सरकारी वार्ता टोलीले मधेशको समस्या समाधानका लागि ठोस मार्गचित्र प्रस्तुत गर्न नसकेको आरोप लगाए ।
माग पुरा नहुँदासम्म आन्दोलन जारी रहने उनले बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
