समाचारबिहीबार, कार्तिक १२, २०७२

झापा, मोरङ र सुनसरी मधेशमै चाहिन्छः महतो

हिमालखबर

mahatoसदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पहाडीको बाहुल्यता भएका कारण झापा, मोरङ र सुनसरीलाई मधेश प्रदेशबाट अलग गराउन नमिल्ने बताएका छन् ।

बाराको जीतपुरमा आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष महतोले झापा, मोरङ र सुनसरी मधेशको भूभाग भएको दाबी गर्दै थपे, “जो मधेशीसँग बस्न रुचाउँदैन त्यो समुदाय जहाँबाट आएको हो उतै फर्के हुन्छ ।”

मधेशमा ५० वर्ष पहिले पहाडी समुदायका मानिसहरु ६ प्रतिशत मात्रै रहेको दाबी गर्दै महतोले भने, “आज ३६ प्रतिशत पुगिसके, मधेशीले सहेकै छन तर, सरकार भने हाम्रो माग दबाउने प्रयासमा छ ।”

उनले अंगिकृत नागरिकताको मुद्दालाइ गलत ब्याख्या गरेर सरकारले भ्रम सिर्जना गरेको भन्दै बिदेशीलाइ अंगिकृत नागरिकता दिएर सरकार र राष्ट्र प्रमुख बनाउनु पर्छ भन्ने आफ्नो माग नरहेको बताए ।

विदेशबाट विवाह गरी नेपाल आएका महिलाहरुलाई अधिकार सम्पन्न नागरिकता दिनु पर्ने मात्रै आफ्नो माग रहेको उनले बताएका थिए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>