समाचारबिहीबार, कार्तिक १२, २०७२

सीमा परिवर्तनका लागि तयार नभए वार्ता भंग हुन्छः यादव

हिमालखबर

upendraसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज, १२ कात्तिकमा हुने वार्तामा सरकारी टोली प्रदेश सीमाको परिवर्तनका लागि तयार नभए वार्ता भंग हुने बताएका छन् ।

१२ कात्तिकमा राजविराजमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले वार्ताको नाममा सरकारले नाटक गरिरहेको आरोप लगाए ।

उनले भने, “धेरै पटक वार्ता भए, आज पनि वार्ता हुने भनिएको छ तर, सरकारी पक्ष ठोस रुपमा प्रस्तुत नभए अब अर्काे चरणको वार्तामा मधेशी मोर्चा बस्दैन् ।”

परराष्ट्र मन्त्री समेत रहिसकेका यादवले सरकार कहिले चीनतिर झुकेर भारतलाई बदनाम गराउने त कहिले भारततर्फ झुकेर चीनलाई बदनाम गराउने खेलमा लागेको अरोप लगाउँदै अहिले सन्तुलित कुटनीतिको आवश्यक्ता रहेको बताए ।

उनले प्रमुख दलका नेताहरुले राष्ट्रिय एकतालाई कमजोर बनाइरहेको समेत आरोप लगाएका थिए ।

मधेशी मोर्चा र सरकारी वार्ता टोली बीच आज काठमाडौंमा वार्ता हुने कार्यक्रम तय भएको छ ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>