Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
१ लाख १३ हजार मेट्रिक टन सामान र १०७३ वटा कन्टेनर ड्राइपोर्टमै थन्किए - Himalkhabar.com

अर्थ/बजारबिहीबार, कार्तिक १२, २०७२

१ लाख १३ हजार मेट्रिक टन सामान र १०७३ वटा कन्टेनर ड्राइपोर्टमै थन्किए

हिमालखबर

तस्वीर: सुरेश विडारी

तस्वीर: सुरेश विडारी

मधेशमा जारी बन्द–हडतालका कारण पर्साको सिर्सिया सुख्खा बन्दरगाहमा अर्बौंको मालसमान थन्किएको छ ।

रेल मार्ग हुँदै तेस्रो मुलुक र भारतबाट आयात गरिएका करिब रु १२ अर्बको मालसामान एक महिना भन्दा लामो समयदेखि सिर्सिया ड्राइपोर्टमै थन्किएको ड्राइपोर्ट भन्सार कार्यालयका निमित्त प्रमुख हरिहर प्रसाद पौडेले जानकारी दिए ।

उनले भने, “ड्राइपोर्टमा झण्डै १२ अर्ब मूल्य बराबरको एक लाख १३ हजार मेट्रिक टन सामान थन्किएको छ ।”

फलाम ८२ हजार मेट्रिक टन, रासायनिक मल ३० हजार मेट्रिक टन (६ लाख ५९ हजार ६४० बोरा ), मकै दुइ हजार ५०० मेट्रिक टन थन्किएको छ ।

यस्तै विदेशी मदिरा, काठका फर्निचर, कपडाका कच्चा पदार्थ, भटमासको पिना, विद्युतीय सामाग्रीहरु पनि ड्राइपोर्टमै अलपत्र छन् ।

ढुवानी हुन नसकेका कारण भन्सारमा रहेका दुई वटा ठूला र तीन वटा साना गोदाम समानले भरिभराउ छन् भने गोदाममा नअटेपछि फलाम, रासायनिक मल र मकैका बोराहरु ड्राइपोर्ट परिसर भित्रकै खुल्ला स्थानमा चाङ लगाएर राखिएका छन् ।

त्यस्तै माल समान लिएर आएका एक हजार भन्दा बढी कन्टेनर ड्राइपोर्ट परिसरमै रोकिएका छन् । मधेशमा जारी हड्ताल र नकाबन्दीका कारण ढुवानी ठप्प भएकोले तेश्रो मुलुक तथा भारतबाट आयात गरिएका मालसामान सहितका १ हजार ७३ वटा कन्टेनर थन्किएर बसेको भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तेस्रो मुलुकबाट नेपालका लागि समान लिएर आएका ६ सय वटा कन्टेनर भारतको कोलकाता बन्दरगाहामा व्यापारीहरुकै आग्रहमा रोकिएका छन् ।

सिमाङ्कन लगायत विविध विषयमा असन्तुष्टी जनाउँदै आन्दोलनमा रहेका मधेशकेन्द्रित दलले ३० साउनदेखि अनिश्चितकालीन आम हडताल र ७ असोजदेखि वीरगन्ज रक्सौल नाकाको दशगजा क्षेत्रमा २४ अ‍ै घण्टा धर्ना दिएर नाका ठप्प पार्दै आएका छन् ।

बन्द हडतालका अवधीमा स्थानीय प्रशासनले निशेधाज्ञा र कफ्र्यु लगाएरै भएपनि रातिको समयमा सुरक्षा दिएर मालसामान विभिन्न गन्तव्यमा पठाएको भएपनि पछिल्लो समयमा स्कर्टिङ गर्न छोडेको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>