Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ह्वाइट हाउसद्वारा नवनिर्वाचित राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई बधाई - Himalkhabar.com

थप समाचारबिहीबार, कार्तिक १२, २०७२

ह्वाइट हाउसद्वारा नवनिर्वाचित राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई बधाई

हिमालखबर

White House at midday

अमेरिकाले विद्या भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिंदै सरकार र नेपाली जनतासँग नेपालको विकासका लागि हातेमालाे गर्दै अगाडि बढ्ने जनाएको छ ।

राष्ट्रपतिमा भण्डारी निर्वाचित भए लगत्तै ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा एक महिनाअघि केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएकोमा र विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बनेकोमा बधाई व्यक्त गरेको हो ।

ह्वाइट हाउसस्थित अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता नेड प्राइसद्वारा जारी विज्ञप्तिमा संसदमा भएका दुवै निर्वाचनले नयाँ संविधानको कार्यान्वयन हुनुसँगै नेपालको लोकतान्त्रिक विकासमा कोशे ढुंगा सावित भएको उल्लेख छ ।

“संयुक्त राज्य अमेरिका नेपाललाई अझै एकीकृत, स्थिर र सदभावपूर्ण बनाउन नेपाली जनता र सरकारसँग हातेमालो गर्दै भूकम्पपछिको पुनःनिर्माणमा साझेदारी गर्दै अघि बढ्न तयार छ,” विज्ञप्तिमा भनिएको छ ।

यसअघि अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले भण्डारी र ओली दुवैलाई वधाई दिइसकेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>