समाचारबिहीबार, कार्तिक १२, २०७२
नवनिर्वाचित राष्ट्रपतिद्वारा संसद र पार्टीको सदस्यबाट राजीनामा
नेपालको राष्ट्रपतिमा निर्वाचित भएपछि विद्या भण्डारीले नेकपा एमालेको केन्द्रीय उपाध्यक्षसहित दलको सदस्यता, जनसंगठनको नेतृत्व र व्यवस्थापिका संसद सदस्य समेत त्याग गरेकी छन् ।
राष्ट्रपति भइसकेपछि कुनै दलको सदस्य समेत रहन नहुने संवैधानिक व्यवस्था बमोजिम नवनिर्वाचित राष्ट्रपति भण्डारीले पार्टीको सदस्यता र संसदको सदस्यता त्याग गरेकी हुन् ।
भण्डारीद्वारा १२ कात्तिकमा जारी विज्ञप्तिमा राष्ट्रपतिको जिम्मेवारीमा पु¥याउन सहयोग गरेकोमा नेकपा एमाले लगायत अन्य सबै राजनीतिक दल र व्यवस्थापिका संसदका सदस्य तथा आमजनतामा हार्दिक धन्यवाद समेत ज्ञापन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
