समाचारबिहीबार, कार्तिक १२, २०७२

असहज परिस्थितिमा सबै मिल्नुको विकल्प छैनः प्रधानमन्त्री ओली

हिमालखबर

unnamedप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले व्यहोर्न परेको असहज परिस्थितिमा सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

संविधान जारी भएको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको दिवा भोजमा प्रधानमन्त्री ओलीले जनअपेक्षाअनुसार दैनिक जनजीवन सहज बनाउन सरकार प्रयत्नशील रहेको बताए ।

उनले छिट्टै अत्यावश्यक वस्तुको सहज आपूर्ति हुने बताए । प्रधानमन्त्री ओलीले राष्ट्र हितका लागि राजनीतिक दलले नेपाली जनताको भावनाअनुरुप संविधान जारी गरेर लागूसमेत गरिसकेको अवस्थामा कुनै पक्षले यसको विरोध गर्दै आन्दोलन गरेर जनजीवन असहज बनाउनु आवश्यक नभएको बताए ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो पार्टी प्रतिपक्षमा रहेपनि मुलुकले भोगिरहेको समस्या समाधान गर्न प्रतिबद्ध रहने बताए ।
उनले राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी भएसँगै अब संविधानको कार्यान्वयन गर्नु पर्ने चुनौती रहेकाले प्रमुख दलको सहयात्रा अहिले पनि आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>