समाचारबिहीबार, कार्तिक १२, २०७२
नवनिर्वाचित राष्ट्रपतिलाई भारतीय राष्ट्रपतिद्वारा बधाई
भारतीय राष्ट्रपति प्रणब मुखर्जीले नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई बधाई दिंदै भारतले नेपाल सरकार र नेपाली जनताको चाहना अनुसार सबै सहयोग जारी राख्ने बताएका छन् ।
१२ कात्तिकमा विज्ञप्ति जारी गर्दै भारतीय राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति भण्डारीलाई भारतीय जनता र आफ्नोे व्यक्तिगत तर्फबाट बधाई दिएका हुन् ।
“नेपालको इतिहासकै नाजुक मोडमा यो निर्वाचन भएको भएको छ । तपाइँको अभिभावकत्वमा सम्पूर्ण नेपालीको भावनालाई समेट्दै देश शान्ति, स्थिरता र विकासतर्फ अग्रसर हुनेछ भन्नेमा म विश्वस्त छु,” भारतीय राष्ट्रपतिले भनेका छन् ।
भारतले नेपालसँगको निकट र बहुपक्षीय सम्बन्धलाई थप विकास गर्न सर्वोच्च प्राथमिकता दिने भन्दै राष्ट्रपति मुखर्जीले नेपाल सरकार र नेपाली जनताको चाहना अनुसार निकट छिमेकी भारतले सबै प्रकारका सहयोगहरु निरन्तर जारी राख्ने पनि उल्लेख गरेका छन् ।
दुवै देशबीचको समझदारी र सहयोगलाई थप बलियो पार्नका लागि आफू क्रियाशिल रहने पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
