Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शनिबारदेखि खाना पकाउने ग्याँस पाइने - Himalkhabar.com

थप समाचारबिहीबार, कार्तिक १२, २०७२

शनिबारदेखि खाना पकाउने ग्याँस पाइने

हिमालखबर

ग्याँस उद्योगी संघले शनिबारदेखि उपत्यकामा ग्यास वितरण गर्ने भएको छ ।

व्यवसायीले ७.१ किलोको दरले ग्यास वितरण गर्न लागेका हुन् । हाल वितरणमा रहेको ग्यासको सिलिन्डर १४.२ किलो छ ।

आधा क्षमताको ग्यास वितरण गरिएपछि मूल्य पनि आधा मात्रै लिने तयारी गरिएको छ । प्रतिसिलिन्डर रु.१४०० मा बिक्रीवितरण हुँदै आएको ग्यास रु.७०० मा बिक्री गरिने छ र परिणाम पनि आधा मात्रै रहने छ ।

राजधानीमा दैनिक ५० हजार सिलिन्डरको माग छ । मुलुकभर करिब ६२ लाख सिलिन्डर ग्यासका ग्राहक छन् । दुई महिनादेखि जारी तराई–मधेस आन्दोलन र एक महिनाभन्दा बढीदेखि जारी भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ ।

ग्यास नपाएपछि राजधानीका उपभोक्ताले वैकिल्पक उपाय अपनाउन थालेका छन् । कालोबजारी गर्नेले प्रतिसिलिन्डर रु. ५ हजारसम्म बिक्री वितरण गर्ने गरेको गुनासो आएको छ ।

पछिल्ला केही दिनमा भारतबाट आएका २५ बुलेट ग्यास राजधानीमा ल्याउने तयारी गरिएको हो । तराईमा रोकिएका बुलेटलाई प्रहरी सुरक्षामा राजधानी ल्याइएको हो । एक बुलेट ग्यासमा एक हजार २०० सिलिन्डर ग्यास भर्न सकिन्छ । आधा परिणाम मात्रै दिँदा एक बुलेटबाट दुई हजार ४०० सिलिन्डरमा ग्यास भर्न सकिन्छ ।

नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले उद्योगी व्यवसायीले ७।१ किलो ग्यास वितरण गर्न लागेको बताए। उनका अनुसार तराईका विभिन्न नाकामा रोकिएका ग्यासको बुलेट ल्याएर वितरण गर्ने तयारी गरिएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>