समाचारबिहीबार, कार्तिक १२, २०७२
निवर्तमान राष्ट्रपति यादवले भने, ‘सक्रिय राजनीतिमा फर्कन्न’

निवर्तमान राष्ट्रपति रामवरण यादवलाई विदाई गर्दै नेपाली कांग्रेसका सभापति सुशील काेइराला । तस्वीरः गाेपेन राई/हिमालखबर
निवर्तमान राष्ट्रपति डा.रामवरण यादवले सक्रिय राजनीतिमा नफर्कने बताएका छन् ।
ललितपुरको बागडोलस्थित सरकारले उपलब्ध गराएको निवासमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान राष्ट्रपति यादवले पूर्व राष्ट्रपतिकै हैसियतमा बस्ने बताए ।
हिमाल, पहाड, तराई जहाँ बसे पनि एकताबद्ध भएर बस्नुपर्ने उल्लेख गर्दै उनले दौरा, सुरुवाल र ढाका टोपी लगाएर आफूले तराई, पहाड र हिमाललाई जोड्ने काम गरेको बताए ।
निवर्तमान राष्ट्रपति यादवलाई निवास प्रवेश गर्दा नेपाली कांग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्य, कांग्रेस काठमाडौंका सभापति एवम् सांसद भीमशेनदास प्रधान, सांसद चन्द्र महर्जन र किरण यादवले स्वागत गरेका थिए ।
त्यसैगरी, निवासमा उपस्थित स्थानीयवासी सुभेच्छुकहरुले पनि निवर्तमान राष्ट्रपति यादवको स्वागत गरेका थिए ।
सरकारले ललितपुर उपमहानगरपालिका–४, स्थित विष्णुदेवी हाइट ९बागडोल०मा रहेको रवि विष्टको घरमा प्रथम राष्ट्रपति यादवका लागि निवासको व्यवस्था गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
