समाचारशुक्रबार, कार्तिक १३, २०७२

नेपालको सार्वभौमिकता र अखण्डता रक्षा प्रयासको चीनद्वारा समर्थन

हिमालखबर

chinaमुलुकको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने नेपालको प्रयासको चीनले समर्थन र प्रशंसा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने “आफ्नो राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सुरक्षा गर्न नेपालले गरिरहेको प्रयासको चीन समर्थन गर्छ र नेपालको विकासमा के कस्तो सहयोग गर्न सकिन्छ त्यो सबै सहयोगलाई हामी निरन्तरता दिन चाहन्छौं ।”
.
उनले नेपाली पक्षको अनुरोधमा चिनियाँ सरकारले नेपालका लागि निश्चित परिमाणको इन्धन आपत्कालीन सहायताका रुपमा नेपाललाई उपलब्ध गराउने निर्णय गरेको र पेट्रोलियम पदार्थको व्यापार सम्बन्धमा समेत कुरा अघि बढेको बताएका थिए ।

प्रवक्ता लु काङले नेपालका राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकोमा बधाई दिंदै नेपाली जनताले राष्ट्रपति भण्डारी र नेपाल सरकारसँग मिलेर नेपाललाई शान्तिपूर्ण, स्थिर र समृद्ध मुलुक बनाउने विश्वास व्यक्त गरे ।

भारतको नाकाबन्दीका कारण इन्धन संकट भएपछि नेपालले चीनबाट इन्धन ल्याउने सहमति गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>