समाचारशुक्रबार, कार्तिक १३, २०७२
काठमाडौंबाट केरुङ तर्फ लागे ट्यांकर
चीनले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमबाट १२ वटा ट्यांकर तिब्बततर्फ लागेका छन् ।
आज, १३ कात्तिक बिहान निगमको थानकोटस्थित भण्डारण केन्द्रबाट निक्लेका १२ हजार लिटर क्षमताका १२ वटा ट्याङ्कर केरुङ नाका पुग्नेछन् ।
भोली १४ कात्तिक विहान केरुङ्बजारबाट ट्यांकरमा पेट्रोलियम पदार्थ भरेर ती ट्याङ्करहरु शनिबार काठमाडौं फर्कने नेपाल आयल निगमले जनाएको छ ।
निगमका पदाधिकारीहरुले ट्यांकरलाई पुजाआजा गरी चालकलाई फूलमाला लगाइदिएर विदा गरेका हुन् ।
बाग्मती अञ्चलमा चल्ने पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरु मात्रै तिब्बत पठाइएको छ ।
निगमका प्रवक्ता दीपक बरालसहित पेट्रोलियम डिलर्स एसोशिएसनका अध्यक्ष र पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी सहितको टोली पनि आजै केरुङ्तर्फ लागेको छ ।
भारतीय आयल निगमसँगमात्रै इन्धन आयात गर्दै आएको नेपाल आयल निगमले पहिलोपटक चीनबाट तेल भित्र्याउन लागेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
