समाचारशुक्रबार, कार्तिक १३, २०७२
भारतीय सुटरद्वारा पूर्व गृह राज्यमन्त्री कडेँलमाथि गोली हान्ने प्रयास
पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कडेँलमाथि दुई जना भारतीय सुटरले गोली हान्ने प्रयास गरेका छन् ।
नवलपरासीको वडेहरा गाविस ललितपुरमा माछा पोखरी हेर्न जाने क्रममा १३ कात्तिक दिउसो २ः३० बजेतिर उनीमाथि गोली हान्ने प्रयास भएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार कडेँल आफ्नो नीजि माछा पोखरी हेर्न जाने क्रममा दुई जना भारतीय नागरिकले उनलाई ताकेर गोली हान्ने प्रयास गरेका थिए ।
तर, कडेँलका अंगरक्षकले ती दुई सुटरलाई घटना स्थलबाट नियन्त्रणमा लिन सफल भए । सुटरलाई अंगरक्षकसहित स्थानीयले नियन्त्रणमा लिएर प्रहरी चौकीमा बुझाएका छन् ।
पूर्व गृह राज्यमन्त्री कडेँलमाथि गोली हान्ने प्रयास गर्नेहरु भारतको ठुटेवारीका उज्जल गड्तौला र देवेन्द्र पासवान नाम गरेका सुटर भएको प्रमुख जिल्ला अधिकारी मैनालीले बताएका छन् ।
उनी भन्छन्, “दुई जनाले पेस्तोल लिएर पूर्व गृह राज्यमन्त्रीलाई ताकेको मात्र हो । फायर भएको छैन ।” उनीहरु चढेर आएको भारतीय नम्वरको मोटरसाइकललाई स्थानीयवासीले आगो लगाइदिएका छन् ।
गोली हान्ने प्रयास गरेका गड्तौला र पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुका साथबाट प्रहरीले लोकड मेड पेस्तोल समेत बराबद गरेको छ । तर के कारणले कडेँलमाथि गोली हान्ने प्रयास गरियो भन्नेबारे खुल्न सकेको छैन ।
यस विषयमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी मैनालीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
