समाचारशुक्रबार, कार्तिक १३, २०७२
राखेप सदस्य सचिव नहटाउन सर्वाेच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टलाई नहटाउन अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठको एकल इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न आदेश दिएको हो ।
अख्तियारले २५ भदौमा विष्टलाई सदस्य सचिवबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो ।
अख्तियारको आदेशविरुद्ध विष्टले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उनले राजनीतिक पूर्वाग्रह राखेर आफूमाथि अनावश्यक आरोप लागेको भन्दै त्यस प्रकारको कुनै काम नगरेकाले सही निर्णय हुनेमा विश्वस्त रहेको टिप्पणी गरेका छन् ।
दशैं अघि नै रीट दर्ता गरिए पनि दशैं बिदाका कारण १३ कात्तिकमा मात्रै सुनुवाई भएको छ । बिष्टका पक्षमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, टीकाराम भट्टराई, रमेश बडाललगायतले वकालत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>