समाचारशुक्रबार, कार्तिक १३, २०७२

दुई मन्त्रालयको नाम संशोधित

हिमालखबर

singhdurbarसरकारले कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयको नाम संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय कायम गरेको छ ।

गत असोज १५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त मन्त्रालयको नाम संशोधन गरेको सूचना तथा प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । संविधान जारी भएपछि संविधानसभा व्यवस्थापिका–संसद्‌मा रुपान्तरित भइसकेको छ ।

सरकारले यसअघि सूचना तथा सञ्चार मन्त्रालयको नाम पनि संशोधन गरी सूचना तथा प्रविधि मन्त्रालय बनाएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>