समाचारशुक्रबार, कार्तिक १३, २०७२
एमालेबाट धोका हुँदैनः ज्ञवाली
उपराष्ट्रपति निर्वाचनमा एमाओवादीका उमेद्वार नन्दकिशोर पुनलाई सत्तारुढ सवै दलले मतदान गर्ने नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बताएका छन् ।
सत्ता साझेदार दलहरुबीच उपराष्ट्रपति एमाओवादीलाई दिने सहमति भएकाले पुनलाई एमालेले मतदान गर्ने ज्ञवालीले हिमालखबरलाई बताए । उनले भने, “मधेशी र थारु उमेद्वार बनाउँदा उपयुक्त हुने सुझाव दिइएको हो, तर एमाओवादीले उठाएको उमेद्वारलाई नै मतदान हुन्छ ।”
ज्ञवालीले सुझावकै आधारलाई लिएर शंका गर्न नहुने बताए । ज्ञवालीले भने, “एमालेबाट धोका हुँदैन, अनावश्यक आंशका राम्रो होइन ।” ९ कात्तिकमा एमाओवादी स्थायी कमिटी बैठकबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई मतदान गर्ने र पुनलाई उपराष्ट्रपतिको उमेद्वार बनाउने निर्णय भएको थियो ।
तर, उपराष्ट्रपतिको उमेद्वारी दिने १४ कात्तिकमा एमालेले उमेद्वारबारे सुझाव दिएपछि एमाओवादीले आफ्नो उमेद्वार पराजित भए गठबन्धनबाट बाहिरिनुपर्ने छलफल चलाएका थिए । एमाले सचिव ज्ञवालीले भने, “पुनको प्रस्तावक नै बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल बस्नुभएको छ, त्यसैले शंका गर्नु बेकारको कुरा हो ।”
१४ कात्तिक विहान ११ बजेबाट शुरु हुने उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट एमाओवादी नेता नन्दकिशोर पुन र नेपाली कांग्रेसका नेता अमिय यादवबीच प्रतिश्पर्धा हुँदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
