अर्थ/बजारशुक्रबार, कार्तिक १३, २०७२
चीनले दिएकाे पेट्रोल शनिवार काठमाडौं आइपुग्ने
चीन सरकारले उपलब्ध गराउने पेट्रोल काठमाडौं ल्याउन १२ वटा ट्याङ्कर रसुवागढी पुगेको छ ।
पहिलो चरणमा दिन लागेको तेल लिन ट्याङ्कर रसुवागढी पुगेको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । उनका अनुसार परीक्षणका रुपमा पहिलो पटक १२ वटा ट्याङ्करले त्यहाँ पुगेको हो ।
“पहिलो पटक पठाइएको ट्याङ्करले भोलि (१४ कात्तिक) काठमाडौं तेल पुर्याउन सक्छ”, प्रजिअ गेलालले हिमालखबरसँग भने । गेलालले बाटो अप्ठ्यारो भएकाले यो परीक्षण सफल भए अरु पनि लगातार आउनसक्छ ।
भारत सरकारले ६ असोजबाट नाकाबन्दी गरेपछि जनजीवन असहज बन्दै गएपछि चीन सरकारले अनुदान तेल दिएको छ ।

![k]6«f]lnod kbfy{ lng 6Øfªs/ /;'jf k|j]z g]kfnsf nflu rLg ;/sf/n] lbg] cg'bfg k]6«f]lnod kbfy{ lng /;'jf lelqPsf g]kfnL 6Øfªs/ . g]kfn cfon lguddfkm{t k7fPsf ;a} 6Øfªs/ z'qmaf/ ;fFem;Dd /;'jfu9L gfsf k'Ug] / zlgaf/ t]n e/L kms{g]5 . tl:a/ M gjbLk >]i7, /f;;](http://www.himalkhabar.com/wp-content/uploads/2015/10/china2.jpg)