Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना निर्माण रोकियो - Himalkhabar.com

थप समाचारशनिबार, कार्तिक १४, २०७२

इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना निर्माण रोकियो

हिमालखबर

ranijamaraपेट्रोलियम पदार्थको अभावका कारण निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य ठप्प भएको छ ।

इन्धन अभावले निर्माण सामग्रीको ढुवानी गर्न कठिनाइ भएको र निर्माणमा प्रयोग हुने स्काभेटरलगायत इक्विपमेन्टसमेत चल्न नसकेपछि डेढ महिनादेखि आयोजनाको काम रोकिएको आयोजनाका इन्जिनियर कृष्णबहादुर विष्टले बताए ।

“इन्धन अभावमा मूल नहरको व्यारेलको काम र फिडर नहरको काम रोकिएको छ”–विष्टले भने, “स्काभेटर पनि चलाउन नसकिएकाले माटो खन्ने काम पनि रोकिएको छ ।”

कैलाली जिल्लाको पूर्वी क्षेत्रमा विसं २०६६ देखि निर्माणाधीन यो आयोजनाको हालसम्म इन्टेक निर्माण लगायत ४० प्रतिशत काम पूरा भइसकेको छ ।

इन्टेक निर्माणका साथै मूल नहर र जलविद्युत् आयोजना निर्माण कार्य नेपाल सरकारको लगानीमा भइरहेको छ । अन्य काममा विश्व बैंकको अनुदान र ऋण सहयोग छ ।
मूल नहर निर्माणको दोस्रो प्याकेजअन्तर्गत निर्माण हुने विद्युत् आयोजना चार दशमलव ८८ मेगावाट क्षमताको छ । सिओ र टुंडी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीका साथै जापानको मारुसिन सिताका निर्माण कम्पनी निर्माणमा संलग्न छन् ।

सन् २०१७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाको पहिलो प्याकेजअन्तर्गतका संरचनाको काम करिब रु तीन अर्ब १८ करोडमा निर्माण भइरहेको छ ।

आयेजनाबाट जिल्लाका पूर्वी क्षेत्रका टीकापुर नगरपालिका, लम्की–चुहा नगरपालिकाका साथै आसपासका गाविस क्षेत्रको झण्डै १४ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

आयोजना निर्माणसँगै उक्त क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि विभिन्न क्रियाकलाप पनि शुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>