Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विद्यालय खुलाउन माग - Himalkhabar.com

थप समाचारशनिबार, कार्तिक १४, २०७२

विद्यालय खुलाउन माग

हिमालखबर

संयुक्त मधेसी मोर्चाको बन्द हडतालका कारण अढाई महिनादेखि बालबालिका पढाईबाट वञ्चित भएकाले विद्यालय खुलाउन मोरङमा पहल शुरु भएको छ ।

विद्यालय तथा बालबालिका शान्ति क्षेत्र हुन् भन्ने मूलनाराका साथ बालबालिका शान्तिक्षेत्र संरक्षण अभियानको आयोजनामा भएको छलफल कार्यक्रममा मोरङमा बन्द हडतालले संस्थागत तथा सामुदायिक विद्यालयका बालबालिकाको शैक्षिक अधिकार प्राप्तिका लागि पहल शुरु भएको हो ।

निरन्तरको बन्दले शैक्षिक तालिकामा असर पर्नुका साथै पाठ्यक्रम समयमा पूरा नभई वार्षिक परीक्षामा समेत असर हुने भएकाले बन्दकर्तालाई विद्यालयको पठनपाठन सुचारु गर्न आग्रह गरिएको छ ।

छलफलमा शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबै सरोकारवालालाई एकै थलोमा राखेर अन्तक्र्रियाको माध्यमबाट विद्यालय खुलाउन तथा पठनपाठनमा सुचारु गराउनेसम्बन्धी छलफल गरी निकास निकाल्ने निर्णय भएको छ ।

छलफलमा युनिसेफ फिल्ड अफिस विराटनगर, प्लान नेपाल, वल्र्डभिजन इन्टरनेसनल, इन्सेक विराटनगर, सिविन हेल्प लाइन, फरेन विराटनगर, प्याब्सन मोरङलगायतका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>