समाचारशनिबार, कार्तिक १४, २०७२

उपराष्ट्रपति निर्वाचनमा ५१ सांसद अनुपस्थित

हिमालखबर

उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका–संसद् भवन, नयाँ बानेश्वरमा मतदान गर्न लाइनमा लागेका  प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरु । तस्वीर:  प्रदीपराज वन्त, रासस

उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका–संसद् भवन, नयाँ बानेश्वरमा मतदान गर्न लाइनमा लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरु । तस्वीर: प्रदीपराज वन्त, रासस

उपराष्ट्रपति पदका लागि व्यवस्थापिका संसदमा १४ कात्तिक बिहान ११ बजेबाट शुरु भएको मतदान अपरान्ह २ बजे सकिएको छ ।

निर्वाचनमा ५४६ मत खसेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मतदानमा एमाले सांसद प्रभादेवी बज्राचार्यसहित मधेशवादी दलका गरी ५१ जना सांसद अनुपस्थित रहे ।

निर्वाचनमा सत्ता साझेदार दलहरूको तर्फबाट एमाओवादीका नन्दबहादुर पुन र प्रतिपक्षी कांग्रेसका अमियकुमार यादव मैदानमा छन् ।

निर्वाचनबाट सत्ता साझेदार दलका पुन निर्वाचित हुने संभावना अत्यधिक छ ।

सचिवालयका अनुसार उपराष्ट्रपति निर्वाचनको मत परिणाम आजै साँझ ५ बजे बस्ने संसद बैठकमा घोषणा हुँदैछ ।
——————————————————————————————————————

उपराष्ट्रपति पदका लागि मतदान शुरु

उपराष्ट्रपति पदका लागि व्यवस्थापिका संसदको लोत्से हलमा बिहान ११ बजेबाट मतदान शुरु भएको छ ।

निर्वाचनमा सत्ता साझेदार दलहरूको तर्फबाट एमाओवादीका नन्दबहादुर पुन र प्रतिपक्षी काँग्रेसका अमियकुमार यादव मैदानमा छन् ।

पुन माओवादी लडाकुका पूर्व कमाण्डर हुन् भने यादव लामो समयदेखी कांगे्रसको राजनीतिमा सक्रिय रहेका समानुपातिकतर्फका सांसद हुन् ।

पुनको प्रस्तावमा एमालेमा सांसद झलनाथ खनाल र समर्थका राप्रपा नेपालका दिलनाथ गिरी रहेका छन् । भने यादवको उम्मेदवारीको प्रस्तावकमा कांग्रेस सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा ईश्वरी न्यौपाने रहेका छन् ।

निर्वाचित हुनका लागि संसदमा हाल कायम रहेको ५ सय ९७ मत मध्ये कम्तीमा २ सय ९९ मत आवश्यक पर्नेछ ।

राष्ट्रपतिको जस्तै उपराष्ट्रपतिका लागि पनि गोप्य मतदान भईरहेको छ ।

२ बजेसम्म चल्ने मतदान कार्यक्रम पश्चात साँझ ५ बजे बस्ने व्यवस्थापिका संसद बैठकमा मत परिणाम घोषणा गरिने संसद सचिवालयले जनाएको छ ।
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>