समाचारशनिबार, कार्तिक १४, २०७२

इजिप्ट विमान दुर्घटनाः २२४ जनाको मृत्यु (अपडेट)

हिमालखबर

koglamavia
इजिप्टको सिनाई प्रायद्विपमा दुर्घटना भएको रुसी विमानमा सवार सबै २२४ जनाको मृत्यु भएको छ ।

इजिप्टको शर्म–अल–शेखबाट रुसको सेन्ट पिटर्सबर्गका लागि चालक दलका ७ सदस्य र २१७ जना यात्रुलाई लिएर उडेको एयरबस ए–३२१ उडेको २५ मिनटमै शनिबार विहान दुर्घटनाग्रस्त भएको थियो ।

इस्लामिक स्टेटले विज्ञप्ति जारी गर्दैए उक्त विमान आफूले खसाएको दाबी गरे पनि रुसका यातायात मन्त्री म्याक्सिम सोकोलोफले उक्त दाबी अस्वीकार गरेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो दुर्घटनको आधिकारिक जाँचका साथै उद्दारकर्मीलाई दुर्घटनास्थलमा जान आदेश दिइसकेका छन् ।

रुसको नागरिक उड्डयन एजेन्सी रोसावियत्सियाका अनुसार स्थानीय (मस्को) समय अनुसार शनिबार विहान ६ः५१ मा उडान भरेको विमान १२ः१० मा पिटर्सबर्गको पुलकोवो विमानस्थलमा उत्रने निर्धारित कार्यतालिका थियो ।

केजिएल ९२६८ दर्ता नम्बर रहेको उक्त विमान उडेको २५ मिनेटमा सम्पर्क विहिन भएको एजेन्सीले जनाएको छ ।

रुसको एयरलाइन्स कोगालीमावियाको उक्त विमानमा सवार अधिकांश यात्री रुसी पर्यटक भएको रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>