समाचारशनिबार, कार्तिक १४, २०७२

एमालेबाट सात मन्त्री थपिने

रासस

CPN-UML-Flagसरकारले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । विस्तारित मन्त्रिमण्डलमा एमालेका तर्फबाट ७ जना मन्त्री थपिने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय, भौगोलिक सन्तुलन मिलाएर एमाले र अन्य दल समेटी मन्त्रिमण्डिल विस्तार गर्ने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार एमालेले रक्षा, सञ्चार, अर्थ, सङ्घीय मामिला एवं स्थानीय विकास, स्वास्थ्य, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको जिम्मा लिने छ ।

शासकीय मुख्य पदहरु परिपूर्ति भइसकेकाले अब मन्त्रिमण्डल विस्तार, राष्ट्रिय योजना आयोगलगायत आयोग र समितिहरुको पूर्णता, राजनीतिक नियुक्ति जस्ता कामहरु अघि बढ्ने जानकारी उनले दिए ।

एमाले केन्द्रीय सदस्य श्रेष्ठले नयाँ संविधानको प्रावधान अनुसार अब रिक्त सांसदमा कुनै मनोनयन नहुने पनि बताए ।

“एमालेमा पनि रिक्त उपाध्यक्ष पद तत्काल मनोनयन हुँदैन, त्यसका लागि राष्ट्रिय परिषद् बैठक बस्नुपर्ने हुन्छ, अखिल नेपाल महिला सङ्घका अध्यक्षमा भने कसैले कार्यवाहक पद पाउन सक्छ, त्यस्तै अब नयाँ संविधानअनुसार प्रादेशिक ढाँचा अनुरुप पार्टीको विधान संशोधन गर्नुपर्ने देखिएको छ ।” श्रेष्ठले भने ।

एमालेको हालको मिसन पूरा भएको र अब राजनीतिक समस्या हल गर्न तदारुकताका साथ लाग्ने दृढता उनले व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>