समाचारशनिबार, कार्तिक १४, २०७२

हिमाली क्षेत्रमा शुरुमा ५ हजार घरटहरा निर्माण गरिने: प्रम

हिमालखबर

jftf{nfk Joj:yflksf–;+;b ejg, gofF afg]Zj/ kl/;/df k|wfgdGqL s]kL zdf{ cf]nL / sfg'gdGqL cUgL v/]n s'/f ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माण भइसकेको अवस्थामा सरकार बाहिर रहेका असन्तुष्ट दल समेत राष्ट्र निर्माणमा जुट्नुपर्ने बताएका छन् ।

युवा सङ्घले १४ कात्तिकमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका ओलीले भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत पहिलो चरणमा सरकारले भूकम्प प्रभावित हिमाली क्षेत्रमा पाँच हजार सुरक्षित घरटहरा निर्माण गर्ने तयारी गरेको जानकारी दिए ।

“आज हुने उपराष्ट्रपतिको निर्वाचनपछि सरकारले पूर्णता पाएसँगै बाहिर रहेका असन्तुष्ट दलको समेत सहभागितामा युवालाई परिचालन गरी देशव्यापी रूपमा पुनःनिर्माण अभियान नै सञ्चालन गर्नुपर्छ, त्यसका लागि युवाहरू तयार हुनुपर्छ”–प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले विभिन्न चरणमा भएका सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै दलित, महिला, आदिवासी, जनजाति, मधेशीलगायत सम्पूर्ण उत्पीडित समुदायको अधिकार सुनिश्चित गरिएको उत्कृष्ट संविधान बनेको अवस्थामा क्षेत्रीय र जातीयतावादी धारणा राखेर आन्दोलन गर्दा मुलुकले निकै ठूलो क्षति व्यहोर्नुपरेको बताए ।

कुनै पनि पार्टीसँग बहुमत नभएका अवस्थामा अत्यधिक मतबाट निर्माण भएको संविधानको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>