खेलकुदशनिबार, कार्तिक १४, २०७२

लमजुङमा अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन, २५ देशका धावक प्रतिस्पर्धा गर्दै

हिमालखबर

तस्वीर: युवराज श्रेष्ठ, लमजुङ्

तस्वीर: युवराज श्रेष्ठ, लमजुङ्

लमजुङमा अन्तर्राष्ट्रिय स्तरको ‘नेपाल अल्ट्रा म्याराथन’ प्रतियोगिता शुरु भएको छ । एक्सन एशिया र हिमालयन ट्रेल्सको संयुक्त आयोजनामा भएको प्रतियोगितामा २५ देशका ५१ धावक सहभागी छन् ।

प्रतियोगितामा अमेरिका, बेलायत, फ्रान्स, स्पेन, फिलिपिन्स, जर्मन, भारत, हङकङ, सिङ्गापुर लगायतका देशका धावकहरु सहभागी रहेको हिमालयन ट्रेल्सका अंकित रायमाझीले बताए ।

म्याराथनमा २० र ४० किलोमिटर दुरीका दुईवटा रुट बनाइएको छ । २० किलोमिटर दुरीमा २७ जना र ४० किलोमिटर दुरीको दौडमा २४ जना धावक सहभागी छन् ।

पहिलो दिन शनिबार भएको २० किलोमिटर दुरीमा फ्रान्सका गुइल्लाउमा विसहोन र ४० किलोमिटर दुरीमा स्विजरल्याण्डका पासकल मार्मिपर प्रथम भएका छन् ।

विसहोनले ३ घण्टा ३६ सेकेण्ड र मार्मिपरले ५ घण्टा ५ सेकेण्ड लगाएका थिए ।

तस्वीर: युवराज श्रेष्ठ

तस्वीर: युवराज श्रेष्ठ

सदरमुकाम बेसीशहरबाट शुरु भएको दौडमा धावकहरु पर्यटकीय गाउँहरु हुँदै पुनः बेसीशहर आउने रुट बनाइएको छ ।

शनिबार बेसीशहरबाट कपुरगाउँ, घलेगाउँ, नाउँ, नजरे, लामागाउँ, खुदी, सारिङहुँदै धावकहरु पुनः बेसीशहर फर्केका छन् ।

आईतबार दोस्रो दिन बेसीशहरबाट भुलभुले, भुष्मे, बाँझाखेतको सिरुवारी, भाचोक, हिलेटक्सारहुँदै पुनः बेसीशहर आउने रुट बनाइएको छ ।
यस्तै तेस्रो दिन बेसीशहरबाट गाउँशहर, पुरानकोट सुन्दरबजारहुँदै पुनः बेसीशहर आउने कार्यक्रम रहेको रायमाझीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...