समाचारशनिबार, कार्तिक १४, २०७२
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित
उपराष्ट्रपति पदका लागि आज १४ कात्तिकमा भएको निर्वाचनमा एमाओवादीका नन्दबहादुर पुन निर्वाचित भएका छन् ।
व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा भएको निर्वाचनमा पुनले ३२५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी पुनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमियकुमार यादवले २१२ मत प्राप्त गरेका छन् । कुल ५४७ मत खसेकोमा १० मत बदर भएको छ ।
गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिको जिम्मेवारी पाएका पुन माओवादी लडाकुका पूर्व कमाण्डर हुन् ।
पुन मंसीर २०७० मा भएको संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ मा पराजित भएका थिए । उक्त क्षेत्रबाट कांग्रेसका गगन थापा निर्वाचित भएका थिए भने दोस्रोमा एमालेका निर्मल कुइँकेल र तेस्रोमा पुन थिए ।
पुनको उम्मेदवारीबारेमा सत्ता साझेदार दलहरुबीच विवाद भए पनि एमाओवादीले अडान नछोडेपछि अन्तत्वगत्वा उनैलाई उपराष्ट्रपतिको साझा उम्मेदवार बनाइएको थियो ।
नन्दकिशोर र पासाङ उपनामले समेत चिनिने पुनको नागरिकताको नाम नन्दबहादुर पुन भएको संसद सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
