थप समाचारशनिबार, कार्तिक १४, २०७२

नेपालगञ्ज-रुपैडिहा नाकाः अरु गाडी सहज, इन्धन असहज

हिमालखबर

nepalgunjनेपालगञ्ज–रुपैडिहा नाकाबाट अन्य मालबाहक साधनहरु धमाधम भित्रिइरहँदा इन्धनका ट्यांकरहरु भने सहजरुपमा आउन सकेका छैनन् ।

१४ कात्तिकमा साँझ ६ बजेसम्म डिजलका ५, पेट्रोलको १ र हवाई इन्धनका ४ वटा ट्यांकर आएका छन् ।

अन्य मालबहाक सवारीसाधनहरु ५० वटा भित्रिएको जमुनाहा प्रहरी चौकीले जानकारी दिएको छ ।

यस्तै १३ कात्तिकमा डिजलका १४ वटा सहित ११४ सवारीसाधन भित्रिएका थिए भने १२ कात्तिकमा डिजलका १८, पेट्रोलका २, हवाई इन्धनका २ ट्यांकर र ग्याँसको एउटा बुलेट सहित ७५ वटा गाडी नेपाल आएका थिए ।

यसैबीच मधेशी मोर्चाका कार्यकर्ताले पटकपटक नाका अवरुद्ध पार्न खोजे पनि धर्नामा जनताको सहभागिता निकै कम हुने र त्यसमाथि स्थानीय वासिन्दाले नै प्रतिकार गर्न थालेपछि मोर्चाका स्थानीय नेताहरु दैनिक नाकासम्म पुगेर केही बेरमै फर्कने गरेका छन् ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>