थप समाचारशनिबार, कार्तिक १४, २०७२

चीनको झण्डा जलाउने तीन नेता पक्राउ

हिमालखबर

चीनको झण्डा जलाउने कार्यमा संलग्न भएको अभियोगमा पर्सा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य सञ्जय यादव, सद्भावनाका जिल्ला अध्यक्ष इमदाद गद्दी र नेपाल परिवार दलका ओमप्रकाश सर्राफलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा जारी मधेशी दलको धर्नामा सहभागी भएर घर फर्किने क्रममा तीनै जनालाई शंकराचार्य प्रवेशद्वारमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले १३ कात्तिक राति वीरगञ्जमा चीनको झण्डा जलाउने कार्यमा संलग्न रहेका ३ जनालाई नियन्त्रणमा लिइएको बताए ।

उनले झण्डा जलाउने अन्यको पनि खोजी भइरहेको पनि बताएका छन् ।

चीनले नेपाललाई इन्धन दिएर मधेश आन्दोनलाई तुहाउने काम गरेकाले भन्दै मधेश केन्द्रित दलका नेता कार्यकर्ताले १३ कात्तिक दिउँसो वीरगन्जको घण्टाघर चोकमा चीनको झण्डा जलाएका थिए ।

यसैबीच संघीय समावेशी मधेशी मोर्चा र संघीय समावेशी मधेशी युवा मोर्चा पर्साले प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

संघीय समावेशी मधेशी मोर्चाका प्रचार प्रसार संयोजक उमेशलाल सहनी र संघीय समावेशी मधेशी युवा मोर्चा पर्साका संयोजक इश्वरचन्द्र यादवले १४ कात्तिकमा छुटटा छुटटै विज्ञप्ति निकालेर प्रहरीले चिनको झण्डा जलाएको आरोपमा पक्राउ गरेका तीन जना नेतालाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

हिरासतमा रहेका नेताहरुलाई तत्काल रिहा नगरे मधेशको टोल टोल र प्रत्येक घरमा चीनको झण्डा जलाइने चेतावनी उनीहरुले दिएका छन् ।

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>